लगातार ६ दिन बढेर घट्यो नेप्से, सोमबार १७.७५ अंकको गिरावट !

 कोरखबर   १५ कार्तिक, २०७८



कात्तिक १५, काठमाडौं । पुँजी बजार परिसूचक–नेप्से लगातार ६ दिन बढेर सोमबार घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सोमबार १७.७५ अंकले घटेर २ हजार ८ सय १९.८६ विन्दुमा झरेको छ।

गत साता कारोबारका पाचैँ दिन नेप्से बढेको थियो। साताको दोस्रो दिन एक करोड ३४ लाख ३ हजार ३ सय १२ कित्ता सेयर खरिद विक्री हुँदा ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७ सय ७८ रुपैयाँको कारोबार भएको छ।

बैंक, होटल तथा पर्यटन र लगानीबाहेक सबै उपसमूहको सूचक घटेको छ। सबैभन्दा बढी जलविधुत् उपसमूहको सूचक २.३३ प्रतिशतले घटेको छ। मानुषी लघुवित्तको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ भने पाँचथर पावर र साहस उर्जाको सेयर मुल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ।

बुधबार धेरै सेयर मुल्य घट्नेमा जलविधुत् कम्पनीहरु रहेका छन्। महालक्ष्मी विकाश बैंक, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट र नेसनल हाइड्रो पावरको सेयर कित्ता सबैभन्दा धेरै संख्यामा कारोबार भएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post