कात्तिक १५, काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंक बढेको छ।
आइतबार ५५.५० अंक बढेर २८३७.६१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १४.७० अंक बढेर २८५२.३२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.१० अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा कारोबार भएका ४३ कम्पनीमध्ये ३३ कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ।
सो सेसनमा ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज उक्त सेसनमा ९५ लाख ७१ हजार १८७ रुपैयाँ बराबरको १४ हजार ४५४ कित्ता शेयर खरिदबिक्री भएको छ।