राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा चौतारामा !

 रासस   १५ कार्तिक, २०७८



कार्तिक १५, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सिन्धुपाल्चोकको चौतारास्थित साँगाचोकगढीमा शाखा विस्तार गरी कारोबार शुरू गरेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शाखा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो ।

बैंकको ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post