एनएमबि लघुवित्तले २२.६३ प्रतिशत लाभांश वितरण गर्ने !

 कोरखबर   १२ कार्तिक, २०७८



कात्तिक १२, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७/७७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा लघुवित्त संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्ताले पाउनेछन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post