ज्योति विकास बैंकले आजदेखि संस्थापक शेयर बेच्दै !

 कोरखबर   ११ कार्तिक, २०७८



कात्तिक ११, काठमाडौं । ज्योति विकास बैंकले आजदेखि संस्थापक शेयर विक्रिमा ल्याएको छ। बैंकले विद्यमान शेयरधनीहरुको लागि मात्र विक्रिको आह्वान गर्दा विक्रि हुन नसकेका १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर सर्वसाधारण सहितका लागि पुनः विक्रिमा ल्याएको जनाएको छ।


बैंकले उक्त शेयर खरिद गर्न प्रतिकित्ता १५० रुपैयाँ निर्धारण गरेको छ। शेयर खरिद गर्नका लागि कात्तिक १७ गतेसम्म न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सकिने बैंकले व्यवस्था गरेको छ ।

प्राप्त आवेदन कात्तिक २२ गते १० बजे बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालमा खोल्ने कार्यक्रम रहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post