विनरार सफ्टवेयरमा भेटियो कम्प्युटर नै ह्याक हुन सक्ने बग !

 एजेन्सी   ९ कार्तिक, २०७८



कात्तिक ९,काठमाडौं । विण्डोजमा लोकप्रिय सफ्टवेयर विनरार (WinRAR) मा गम्भीर सुरक्षा कमजोरी भेटिएको छ । विनरारको पुरानो र निःशुल्क संस्करणमा रिमोट कोड एक्ज्युकेशन (आरसीई) भल्नरेबिलिटी फेला परेको हो ।

साइबर सुरक्षा कम्पनी पोजेटिभ टेक्नोलोजीले बाहिर ल्याएको एक रिपोर्टअनुसार यो कमजोरीका कारण ह्याकरले प्रयोगकर्ताको कम्प्युटर सिस्टममै आक्रमण गर्नसक्ने छन् । 

यसअन्तर्गत ह्याकरले कम्प्युटर प्रणालीमा आफूअनुकूल कोड प्रयोग गरी रिमोट आक्रमण गर्नसक्ने कम्पनीले जनाएको छ । CVE-2021-35052 को रुपमा ट्रयाक गरिएको यो बगले विनरारको ५.७० भर्सनलाई प्रभाव पारेको बताइएको छ ।

उक्त कमजोरीले विण्डोज प्रयोगकर्तालाई रिक्वेस्ट पठाउन र अवरोध गर्न ह्याकरलाई अनुमति दिन्छ ।

यसैबीच पोजेटिभ टेक्नोलोजीले विण्डोज प्रयोगकर्तालाई विनरारको ६.०२ वा यसपछिका संस्करणमा सफ्टवेयर अपडेट गर्न आग्रह गरेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post