राष्ट्रिय वाणिज्य बैंकको अफर : खाता खोल्दा टेलिकमको सिम !

 कोरखबर   १९ माघ, २०७७



माघ १९,काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा नेपाल टेलिकमको सिम सित्तैमा पाइने भएको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले सरकारी स्वामित्वकै दूरसञ्चार कम्पनी नेपाल टेलिकमसँगको सहकार्यमा यस्तो अफर ल्याएको हो ।

राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि शाखामा खाता खोल्ने नागरिकले नेपाल टेलिकमको फोरजी प्रिपेड सिम प्राप्त गर्न सकिने जनाइएको छ । यस्तो सुविधा अनलाइनबाट खाता खोल्नेहरुले समेत प्राप्त गर्न सक्नेछन् ।

यसरी प्राप्त हुने सिममा नयाँ सिम खरिद गर्दा जस्तै १० रुपैयाँ ब्यालेन्स, ४० मिनेट भ्वाइस कल, २० एसएमएस र ६० एमबी डेटा प्राप्त हुनेछ । बजारमा खरिद गर्दा यसका लागि ९० रुपैयाँ शुल्क लाग्ने गरेको छ । –तस्विर : नेपाल टेलिकम 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post