सूचना प्रविधिको विकासका लागि ‘सूचना प्रविधि लगानी सम्मेलन’ !

 कोरखबर   १३ माघ, २०७७



१३ माघ, काठमान्डौ ।  डिजिटल नेपाल फ्रेमवर्क र साइबर सुरक्षा बारे सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले  नेपालका विज्ञहरुसँग छलफल गरेका छन् । 

मन्त्री गुरूङले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा डिजिटल नेपाल फ्रेमवर्क तथा साइबर सुरक्षा बारे सरोकारवालासँग छलफल गरेका हुन् ।  उक्त कार्यक्रममा मन्त्री गुरूङले डिजिटल नेपाल फ्रेमवर्क डिजिटल नेपालको रुपान्तरणकारी योजना भएको बताए ।

कार्यक्रममा उनले सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि लगानी सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए । साथै एप सार्वजनिक गर्ने नाममा सरकार बजेट मात्रै खर्च गर्ने पक्षमा नभएको उनले जिकिर गरे ।

अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले नागरिक एप ल्याउने सरकारको कार्य निकै प्रशंसनिय भएको भन्दै त्यसमा देखिएका समस्याहरु समाधानमा लाग्नुपर्ने सुझाव दिए । साथै उनिहरुले नेपालको साइबर सुरक्षामा योगदान गर्ने प्रतिवद्दता पनि जनाए ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न विज्ञहरुसँग निरन्तर छलफल गर्दैं अगाडी बढ्ने मन्त्री गुरूङको प्रतिवद्धता थियो ।  सो कार्यक्रममा डिजिटल नेपाल बनाउन सरकार र नीजि क्षेत्रले गर्ने प्रयासहरुको बारेमा पनि छलफल भएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post