कात्तिक ९, काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा उछाल आएको छ ।
कारोबार सुरु भएको एक घण्टामै नेप्से परिसुचक ७४.३१ अंकले उकालो लागेर २७४६.५७ को बिन्दुमा पुगेको छ । १२ बजे सम्म शेयर बजार २.७८ प्रतिशतले बढेको हो ।
सो अवधीसम्म कारोबारमा आएका २०७ कम्पनीको ३५ लाख २३ हजार २४ कित्ता शेयर २३ हजार ७९७ पटकको कारोबारमा १ अर्ब ९८ करोड ८ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये १७६ कम्पनीको शेयरमुल्य बढेको छ भने ४ कम्पनीको शेयरमुल्य घटेको छ । २ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।