राष्ट्र बैंकको कारवाहीमा ३ वटा वाणिज्य बैंक !

 कोरखबर   ८ कार्तिक, २०७८



कात्तिक ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । 

केन्द्रीय बैंकले तोके अनुसार अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगर्दा नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंक कारवाहीमा परेका हुन् । राष्ट्र बैंकले कारवाही स्वरुप प्रत्येक बैंकलाई जरिवाना गरेको छ । 

बंगलादेश बैंकलाई ३० हजार ३२४.२४ रुपैयाँ, प्रभु बैंकलाई ३५ हजार ६९५.१२ रुपैयाँ र हिमालयन बैंकलाई २ पटक गरी कुल ३० हजार २१ रुपैयाँ जरिवाना गरेको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post