१० लाख बीमा सहित मुक्तिनाथले ल्यायो उत्कृष्ट बचत खाता !

 कोरखबर   ८ कार्तिक, २०७८



कात्तिक ८, काठमाडौं । मुक्तिनाथ विकास ब्यांक लिमिटेडले रु. १० लाखको दुर्घटना, मुत्यु तथा अशक्त बीमा सुविधा सहित ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

१० हजारको न्यूनतम मौजदातमा ग्राहकले यो बचत खाता खोल्न सक्नेछन् । यस खातामा ब्यांकले वार्षिक ५.५० प्रतिशतका दरले मासिक ब्याज भुक्तानी गर्नेछ ।

यसमा पहिलो वर्ष निःशुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट ब्यांकिङ  सेवा समेत पाइने छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post