७०८ कोरोना संक्रमित थपिदा ११ जनाको मृत्यु !

 कोरखबर   ५ कार्तिक, २०७८



कात्तिक ५,काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७०८ जना कोरोना कोरोना संक्रमित थपिएका छन् ।

७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।

शुक्रबार ९३२ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post