रामेछापका विद्यालय दसैँमा पाँच दिन मात्रै बिदा हुने !

 कोरखबर   २४ असोज, २०७८



असोज २४, रामेछाप  । जिल्लाको रामेछाप नगरपालिकाका विद्यालय दसैँमा पाँच दिन मात्रै बन्द हुने भएका छन् । नगरपालिकाले सूचना जारी गरेर कोरोनाका कारण विद्यालय बन्द गर्नु परेको र हाल अवस्था सामान्य बन्दै गएकाले लामो बिदा नदिन विद्यालयलाई निर्देशन दिएको हो ।

फूलपाती असोज २६ गते देखि दसैँको भोलिपल्टबाटै विद्यालय सञ्चालन गर्न समेत निर्देशन दिएको हो । असोज ३० गते शनिबार भएकाले ३१ गते आइतबारबाट नियमित पठनपाठन सुचारु हुनेछ ।  यद्यपि मन्थली नगरपालिकाले भने दसैँ एक हप्ता बिदा दिने भएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post