असोज ११, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन् ।
उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ५२२ पुगेको छ । आज देशभर १७ हजार ५३५ जना होम आइसोलेसनमा, १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा, ३८५ जना आईसीयू तथा १२५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।