कक्षा १२ को परीक्षा आजदेखि !

 कोरखबर   ३० भदौ, २०७८



भदौ ३०, काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारदेखि सञ्चालन हुँदै छ।  पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदै छ।

परीक्षा बिहान ११ बजे सुरु हुनेछ, दिउँसो २ बजे सकिनेछ।  असोज ८ सम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार परीक्षार्थी सहभागी हुँदै छन्।  परीक्षार्थीका लागि होम सेन्टर व्यवस्था गरिएको छ। जसअनुसार ४ हजार ३१५ वटा परीक्षा केन्द्र तोकिएका छन्।

कोराना महामारीका कारण यस वर्ष कक्षा १२ को परीक्षा ४ महिना ढिला भएको हो। गत जेठमै हुनुपर्ने परीक्षा साउन ३१ का लागि सारिएको थियो, कोरोना जोखिम नघटेकाले फेरि परीक्षाको मिति धकेलिएको हो।

परीक्षा बोर्डका अनुसार धेरैजसो विद्यार्थीले कोरोनाविरुद्ध खोप लगाइसकेको र संक्रमण पनि कम हुँदै गएकाले परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post