उपत्यकामा थप ९९३ लाई कोरोना संक्रमण !

 कोरखबर   २ भदौ, २०७८



भदौ २,काठमाडौं । काठमाडौं उपत्यकामा थप ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ९९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० संक्रमित थपिएका छन्।  थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ११ हजार ८३९ जनाको पिसिआर र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post