संसदमा स्वास्थ्य राज्यमन्त्रीको स्पष्टोक्ती : अघिल्लो सरकारको पालामा ९७ लाख मात्र खोप आएको हो !

 कोरखबर   २८ सावन, २०७८



साउन २८ , काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।

नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको उनले जानकारी दिए । हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको भन्दै उनले भने, ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’

सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५/१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने उनले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post