उपत्यकामा थपिए ९६४ संक्रमित

 कोरखबर   २७ सावन, २०७८



साउन २७,काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का ९६४ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६६३, भक्तपुरमा १०९ र ललितपुरमा १९२ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ५६ पुगेको छ ।

हाल देशभर ३४ हजार ८१३ जना होम आइसोलेसनमा, तीन हजार २२० जना संस्थागत आइसोलेसनमा, ७९६ जना आईसीयूमा तथा १८४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।   



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post