त्रिविको परीक्षा नरोकिने

 कोरखबर   २५ सावन, २०७८



श्रावण २५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा तालिका जारी भएका विषयका परीक्षाहरू निरन्तर सञ्चालन गर्न जनाएको छ । भदौ ५ सम्म परीक्षा हुने विषयको परीक्षा भौतिक दूरी कायम गरी गरिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

यसका लागि हिजो त्रिविको परीक्षा बोर्डको बैठक बसेको थियो । हाल व्यवस्थापन संकायको सेमेस्टरको परीक्षा र स्नातकोत्तरमा समाजशास्त्र र विज्ञानको परीक्षा बाँकी छ । “यी विषयमा धेरै विद्यार्थी छैनन्,” उनले भने, “एउटा सेन्टरमा ५ सय विद्यार्थी पनि हुने छैनन् ।”

तर त्रिविका विद्यार्थीहरूले कोरोनाको जोखिम बढेको भन्दै परीक्षाहरू रद्द गर्न ट्विटरमा ‘ह्यासट्याग क्यान्सिल टियु एक्जाम्स’ चलाएका छन् । यो ह्यासट्याग अभियान बिहानदेखि नेपालमा ट्रेन्डिङ देखिएको छ ।

उनीहरूले कक्षा १२ को परीक्षा स्थगित भएपछि विश्वविद्यालयको परीक्षा पनि रोक्नुपर्ने माग राख्दै आएका छन् । यसबारेमा सोध्दा नियन्त्रक जोशी विद्यार्थी थोरै भएकोले परीक्षा गराउन कुनै समस्या नहुने बताउँछन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post