सुर्खेतमा तत्कालै प्रसुती गृह अस्पताल चाहियो : सांसद नन्दा चपाई

 कोरखबर   २४ सावन, २०७८



साउन २४, काठमाडौं । राष्ट्रियसभाकी सांसद नन्दा चपाईले सुर्खेतमा प्रसुती गृह अस्पतालको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद चपाईले अकालमा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै सुर्खेतमा तत्काल प्रसुती गृह अस्पतालको निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।

सांसद चपाईले निःशुल्क पाइने औषधिहरुको सूची आम जनताले थाहा पाउने गरी सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराइन् । उनले भनिन्–‘केही औंषधिहरु निःशुल्क पाईन्छ भन्ने सुनिन्छ । तर कहाँ र कसरी पाईन्छ रु जनतालाई जानकारी छैन । भएका निःशुल्क पाईने औंषधिहरु पनि समय अवधि सकिएर डम्पिङ साईटमा फाल्ने गरेको पाइएको छ । यसप्रति सरकारको ध्यान जान अति आवश्यक छ । म सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–त्यस्ता निःशुल्क पाईने औषधिहरुको सूचीसहितको नामाकरण जनताले थाहा पाउने गरी जानकारी गराईयोस् ।’

सांसद चपाईले दुर्गम क्षेत्रका जनताका लागि सडकलगायतका भौतिक पूर्वाधार निर्माणको काममा जोड दिन सरकार लाग्नुपर्नेमा पनि जोड दिईन् । उनले सडक लगायतका भौतिक पूर्वाधारको अभावमा दुर्गम क्षेत्रका बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराईन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post