भुटानबाट आइपुग्यो तीन लाख डोज एस्ट्रजेनका खोप

 कोरखबर   २२ सावन, २०७८



श्रावण २२, काठमाडौं ।  भुटानले नेपाललाई अनुदानमा दिएको  तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ।

भुटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट खोप आज विहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ।   

उक्त खोप अहिले टेकुमा भण्डारण गरिएको र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने विभागका महानिर्देशक प्राध्यापक आरपी विच्छाले जनाकारी दिए। 

७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो।

भुटानले अनुदानमा उपलब्ध गराउने एस्ट्राजेनेका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइने छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post