थप ३९ सय ३८ जनामा कोरोना संक्रमण,३७ को मृत्यु

 कोरखबर   २१ सावन, २०७८



२१ साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३९ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। १८ हजार ४०८ नमूना परीक्षणमा यो संख्यामा भाइरस संक्रमण देखिएको हो।

विभिन्न प्रयोगशालामा परीक्षण गराएका ६५ सय ३८ नमूनाको एन्टिजेन विधिबाट र ११ हजार ८७० नमूनाको पीसीआर परीक्षण गरिएको थियो। जसमध्ये ९३१ नमूनाको एन्टिजेनबाट र ३ हजार ७ नमूनाको पीसीआर विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बिहीबार २ हजार १२ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ। निको हुने यो ९३.७ प्रतिशत हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३७ जनाको मृत्यु भएको छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्‍या ९ हजार ९ सय ९४ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा १ लाख १७ हजार ७७९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल ३४ हजार ४२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post