साउन १७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न निर्देशन दिएको छ । केही अस्पतालहरूले प्रमाणीकरण गरेबापत् शुल्क लिएको गुनासो आएकाले मन्त्रालयले त्यस किसिमको कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।
खोप लगाएको प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मीनभवन, पाटन अस्पताल लगनखेल र सशस्त्र प्रहरी अस्पताल बलम्बुले अनुमति पाएका छन् ।
पहिले शुक्रराज अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । प्रमाणीकरणका लागि भीड बढेपछि थप तीन अस्पतालहरूलाई पनि प्रमाणीकरण गर्नका लागि अनुमति दिइएको थियो ।
वैदेशिक रोजगारी तथा अन्य कामको सिलसिलामा विदेश जानुपर्दा खोप लगाएको प्रमाणीकरण गराउनुपर्ने हुन्छ ।