चीनबाट आयो १० लाख डोज कोरोना खोप

 कोरखबर   ७ सावन, २०७८



साउन ७काठमाडौँ । सरकारले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप बिहीबार दिउँसो नेपाल आइपुगेको छ । बेइजिङबाट १० लाख भेरोसेल खोप लिएर नेपाल वायुसेवा निगमको एयरबस आज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

खोप ल्याएर आएको जहाज आजै राति अर्को १० लाख डोज लिन बेइजिङ उड्ने कार्यतालिका रहेको निगमले जनाएको छ। त्यसैगरी खरिद गरिएको खोपको चौथो लट लिन साउन ९ गते निगमको जहाज चीन जानेछ। चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। 

नेपाललाई उत्तरी छिमेकी चीनले १८ लाख भेरोसेल खोप अनुदानमा दिएको थियो। त्यसबाहेक नेपालले अहिलेलाई ४० लाख डोज खोप किनिसकेको छ। चीनबाट ल्याइएको भेरोसेल खोप यसअघि खोप अभियान नचलाइएका जिल्लाहरुमा प्रयोग गरिने भएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post