कोरोनाविरुद्ध लड्न नेपाललाई पाकिस्तानको चार करोड बढि सहयोग

 कोरखबर   १५ असार, २०७८



असार १५, काठमाडौं । कोरोनाभाइरस महामारी विरुद्ध लड्न पाकिस्तान सरकारले नेपाललाई चार करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा। खगराज बराललाई मंगलबार प्रधानमन्त्री कार्यालयमा हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा राजदूत शाहले कोरोनाभाइरस महामारी विरुद्ध लड्न पाकिस्तानी जनताका तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । सचिव डा बरालले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा पाकिस्तान सरकारका तर्फबाट उदारतापूर्वक प्राप्त सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

पाकिस्तान सरकारले सार्क सदस्य मुलुकहरुले स्थापना गरेको कोभिड–१९ आपतकालीन कोष मार्फत उक्त वित्तीय सहयोग उपलब्ध गराएको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post