४ हजार ९५४ जना निको हुँदा थप ३ हजार ७०३ मा कोरोना पुष्टि

 कोरखबर   ८ असार, २०७८



असार ८, काठमाडौँ । २४ घण्टामा देशभर ३ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको १२ हजार २०४ पीसीआर परीक्षणमा ३ हजार ७०३ जनामा कोरोना पुष्टि भएको हो।

यसैगरी, ४ हजार ७०९ एन्टिजेन परीक्षणमा ८१९ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ ।

यस्तै, २४ घण्टामा ४ हजार ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post