कोरोनाका १० प्रजाति, कुन कति खतरा ?

 कोरखबर   २६ जेठ, २०७८



काठमान्डौ । विश्वलाई नै हायल कायल बनाएको कोरोना भाइरस दोश्रो लहरको रुपमा तीव्र गतिमा फैलिएपछि यतिबेला आम मानिसमा त्रास छ । कोरोना संक्रमित र मृतकको संख्या दिन प्रतिदिन बढीरहेको छ । २०१९ को डिसेम्बर अन्तिममा पहिलोपटक चीनको वुहान सहरमा फेला परेको कोरोना भाइरस हालसम्म विश्वका २ सय २० वटा देशमा पुगिसकेको छ ।

नेपालमा पनि कोरोना संक्रमित पुष्टि हुनेको संख्या ६ लाख कटिसकेको छ । यस्तै, ८ हजारभन्दा बढीको ज्यान गइसकेको छ । अहिले नेपालमा कोरोना घरघरमा पुगिसकेको चीनको वुहानस्थित थोङ्ची मेडिकल कलेजका फिजिसियन कन्सल्टेन्ट डा. रमेश आचार्य बताउँछन् ।

‘अहिले हावाबाट समेत कोरोना फैलिन थालेको छ,’ उनी भन्छन्, ‘यो कुरा मैले एक वर्षअघि नै भनिसकेको थिएँ, यदि यो नेपालमा आयो भने के होला ?’

नेपाल जस्तो नाराजुलुस भइरहने ठाउँमा यो भेरियन्ट आएमा यसले ठूलो दुर्घटना हुने उनको अनुमान छ ।

यी हुन् हालसम्म पुष्टि भएका कोरोनाका प्रजाति

कोरोना भाइरस सन्–२०१९ को डिसेम्बर अन्तिममा पहिलो पटक चीनको वुहान सहरमा देखिएको थियो । यो ब्राजिल, अमेरिका, बेलायत हुँदै विश्वभर नै फैलियो । समयक्रमसँगै यसका अन्य प्रजातिहरु पुष्टि हुन थाले । अहिलेसम्म विश्वमा १० वटा कोरोनाका भेरियन्ट पुष्टि भएका छन् । जसमध्ये भारतमा देखिएको डेल्टा (बी.१.६१७.२) लाई सबैभन्दा घातक मानिएको छ ।

कोरोनाको पहिलो भेरियन्ट अल्फा (बी.१.१.७) बेलायतमा देखिएको थियो । यो १८ डिसेम्बर सन् २०२० मा पत्ता लागेको हो । यो भेरियन्ट पनि अत्याधिक घातक भएको विज्ञहरुले जनाएका छन् । त्यस्तै १८ डिसेम्बर २०२० मै दक्षिण अफ्रिकामा बेटा (बी.१.३५१) भेरियन्ट पत्ता लाग्यो । यो भेरियन्ट पनि तीव्र गतिमा फैलिने क्षमताको रहेको वैज्ञानिकहरु पुष्टि गरेका छन् ।

यसैगरी, गामा (पी.१) भेरियन्ट ब्राजिलमा फेला परेको भेरियन्ट हो । यो ११ जनवरी २०२१ म पत्ता लागेको थियो । त्यस्तै ११ मे २०२१ मा भारतमा अर्को डेल्टा (बी.१.६१७.२) भेरियन्ट पत्ता लाग्यो ।

यो हालसम्मकै सबैभन्दा खतरनाक भेरियन्ट भएको डा. आचार्य बताउँछन् । यही भेरियन्ट यतिबेला नेपालमा तीव्र दरमा फैलिरहेको विज्ञहरु बताउँछन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post