कर्णालीमा थप ५ जनाको मृत्यु, ४२३ जना संक्रमण मुक्त

 कोरखबर   १३ जेठ, २०७८



१३ जेठ, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । सल्यानका चार र सुर्खेतका एक जनाको मृत्यु भएको हो । योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितमध्ये हालसम्म मृत्यु हुनेको संख्या २२६ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत थप ४२३ जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै हालसम्म कुल संक्रमितमध्ये निको हुनेको संख्या १४ हजार ६०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट गरिएको परीक्षणमा ८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा हालसम्म कुल संक्रमण पुष्टि हुनेको संख्या २२ हजार २०२ पुगेको छ । हाल प्रदेशका अस्पताल, आइसोलेसन, होम आइसोलेसनमा ६ हजार १२२ जना सक्रिय संक्रमित उपचाररत छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post