गण्डकीमा कोरोनाले एकैदिन ३० जनाको मृत्यु

 कोरखबर   ५ जेठ, २०७८



जेठ ५, पर्वत । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा यसको पुष्टि गरिएको छ।

निर्देशनालयका अनुसार पर्वतमा पाँच जनाको, तनहुँमा पाँच जनाको, कास्कीमा आठ जनाको, स्याङ्जामा सात जनाको र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० मा दुई जनाको मृत्यु भएको हो। यो सँगै प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या ४ सय ५२ पुगेको छ।

अद्यावधिक विवरण अनुसार प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ सय ८८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यो सँगै संक्रमितहरुको कुल सङ्ख्या ३० हजार छ सय ८८ पुगेको छ।

थपिएका सङ्क्रमितहरुमा मुस्ताङका १० जना, मनाङका १३ जना, म्याग्दीका ६८ जना, पर्वतका २२ जना, गोरखाका एक सय २९ जना, लमजुङका ७ जना, तनहुँका ५६ जना, कास्कीका एक सय ७६ जना, बागलुङका ७० जना, स्याङ्जाका ९ जना र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का एक सय २८ जना रहेका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post