जेठ ४, हेटौंडा । मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा उपचाररत थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालको आइसियु कक्षमा उपचारका क्रममा एक महिला र तीन पुरुषको मृत्यु भएको हो । अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेका अनुसार हेटौंडा उपमहानरपालिका–९ का ५२ वर्षीय पुरुष, हेटौंडा–३ का ४५ वर्षीय पुरुष र हेटौंडाका ७७ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो। यस्तै, बारा जिल्लाकी ७५ वर्षीया महिलाको पनि उपचारकै क्रममा मृत्यु भएको होर
उनीहरु केही दिनअघि संक्रमण पुष्टि अस्पतालको आइसियुमा उपचाररत थिए। बाराकी महिला र हेटौंडाका एक पुरुषको सोमबार र बाँकी दुईजनाको मंगलबार बिहान मृत्यु भएको डा. काफ्लेले जानकारी दिए।