पछिल्लो २४ घण्टामा गुल्मीका थप ११ संक्रमितको मृत्यु

 कोरखबर   २ जेठ, २०७८



जेठ २, काठमान्डौ । पछिल्लो २४ घण्टाको अवधिमा गुल्मीका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

दोस्रो चरणको कोरोना संक्रमणपछि गुल्मीको तम्घास, पाल्पा, स्याङ्जा, काठमाडौं, चितवन, बुटवल लगायतका अस्पतालमा उपचाररत र होम आइसोलेसनमा रहेका ११ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

गुल्मीका कोरोना फोकल पर्सन गोपाल कार्कीका अनुसार मृत्यु हुनेमा ९ जना पुरूष र २ जना महिला छन्। 

आइतबार थपिएकासँगै गुल्मीमा दोस्रो चरणको कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

हालसम्म १ हजार १ सय ८६ जना दोस्रो लहरको कोरोनाबाट संक्रमित भएकोमा २ सय ६ जना मात्र संक्रमणमुक्त भएका छन् भने ९ सय ३४ जना अहिले पनि सक्रिय संक्रमित रहेको कार्कीले बताए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post