२ जेठ, सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतका ४, सल्यान, कालिकोट र दैलेखका एक–एकजना रहेका छन् ।
योसँगै कुल संक्रमितमध्ये हाल सम्म एक सय ४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप तीन सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या १० हजार २ सय ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट गरिएको परीक्षणमा ३ सय ३५ र एन्टिजेन विधिबाट ९२ जनामा संक्रमण पुष्टि भएको छ । हाल प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर, होम आइसोलेसनमा पाँच हजार ४ सय ९८ जना संक्रमित छन् ।