बैशाख २३, काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या उल्लेख्य बढेसँगै देशका अस्पतालमा शैय्याको अभाव देखिएको छ । समयमै उपचार नपाएर धेरैले ज्यानसमेत गुमाउनुपरेको छ ।
यसैबीच सरकारले कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचारका लागि शय्या चाहिएमा फोन गरेर नाम टिपाउन अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना संक्रमितका लागि शय्या चाहिएमा टोल फ्री नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
मन्त्रालयले बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोल फ्री र मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।
चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।