गण्डकी प्रदेशमा थप आठ संक्रमितको मृत्यु !

 कोरखबर   १९ बैशाख, २०७८



बैशाख १९, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको थियो । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका उनी होमआइसोलेसनमा बस्दै आएका थिए । त्यस्तै वैशाख १५ गते संक्रमण पुष्टि भएकी पोखरा महानगरपालिका–२६ की ५८ वर्षीया महिलाको पनि शनिबार नै मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको बताईएको छ । 

यसैगरी पोखरा महानगरपालिका–१६ की ७३ वर्षीया महिला र वडा नम्बर–१० की उमेर खुल्न नसकेकी महिलाको शनिबार मेडिप्लस अस्पतालमा उपचारका क्रममा ज्यान गयो । ७३ वर्षीया ति महिलामा वैशाख १२ र उमेर खुल्न नसकेकी महिलामा वैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

उता पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया महिलामा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा शनबिार मृत्यु भएको अस्पतालले जनाएको छ ।
दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षीय पुरुषले कोरोना संक्रमणका कारण शनिवार बिहानै ज्यान गुमाए।  उनीमा पनि वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुषमा बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनि पोखराकै मेडिप्लस अस्पतालमा उपचाररत थिए  । उनको पनि आईतवार बिहानै ज्यान गएको अस्पतालले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post