उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

 कोरखबर   १४ बैशाख, २०७८



बैशाख १४, काठमाडौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएको छ। उनलाई सोमबार कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ।

कोरोनाको दोस्रो लहरको महामारीमा पहिलो पटक मन्त्रीमा कोरोना पुष्टि भएको हो। रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। 

गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागि भएर काठमाडौं फर्किएका रायमाझी सँगै उनका परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण देखिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post