बैशाख १४,काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्साल ‘हेडक्वार्टर’मा कार्यरत ४५ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत विभिन्न तहका प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो पुष्टि भएको हो।
यसअघिको पहिलो चरणमा पनि प्रहरी हेडक्वार्टरमा रहेका सयौँ प्रहरीमा संक्रमण देखिएको थियो ।अहिले देशभर भने ९३ प्रहरीमा संक्रमण देखिएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।
पहिलो चरणमा कोरोना संक्रमणबाट ६ जना प्रहरीको ज्यान गएको थियो ।