बैशाख १२, झापा । पूर्वी तराईको जिल्ला झापाका विभिन्न नाकामा स्थानीय प्रशासनले कडाइँ गर्न थालेको छ। दुई दिनदेखि सीमा नाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि स्थानीय प्रशासनले झापाका सीमावर्ती नाकामा आवतजावतमा कडाइ गरेको हो। बढ्दो जोखिमको अवस्थालाई ध्यानमा राखेर सीमावर्ती नाकामा सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
संक्रमणको जोखिम बढ्दै गएकाले सीमावर्ती क्षेत्रमा आवतजावतमा शनिबारदेखि थप कडाई गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।
नेपाल आउने भारतीयहरूलाई ७२ घन्टाभित्रको पिसिआर परीक्षणको रिपोर्टको आधारमा मात्रै नेपाल प्रवेश गर्न दिइएको छ।