बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु !

 कोरखबर   १२ बैशाख, २०७८



वैशाख १२, नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ की ४७ वर्षीया महिला र नेपालगन्ज ११ का ६० वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १० की ३६ वर्षीया महिलाको गएराति मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो संगै कोरोनाबाट बाँकेका ८२ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०० जनाको मृत्यु भएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post