बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु !

 कोरखबर   १० बैशाख, २०७८



वैशाख १०, रूपन्देही । कोरोना संक्रमणको हट स्पट बन्दै गएको बाँकेमा आज पनि ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेमा उपचाररत एक जना जिल्ला बाहिरका र २ जना जिल्लाभित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

२ जनाको विहीबार राती र १ जनाको आज विहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज वलीले बताए ।

वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड-३ सल्ल्यानका ५६ वर्षीय वीरवहादुर नेपाली, जानकी-१ की ७१ वर्षीया महिला सुमन पाठक र बैजनाथ-६ का २८ वर्षीय मानबहादुर पुनको निधन भएको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post