बैशाख ८,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइ रहेका थप एक जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ।
सर्लाही मलङवा नगरपालिका २ निवासी ४२ वर्षका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए।
उनी हिजो {मंगलबार} मात्र अस्पताल भर्ना भएका थिए।