प्रदेश १ मा कोरोना सक्रिय संक्रमित एक सय ४० पुगे !

 कोरखबर   ३१ चैत, २०७७



चैत ३१, काठमान्डौ । प्रदेश १ मा सोमबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या एक सय  ४० पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार तीन सय ५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषमा कोरोना संक्रमण फेला परेसँगै सक्रिय संक्रमितको संख्या एक सय ४० पुगेको हो ।   

मोरङमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । विराटनगरमा ११, सुनसरीको इनरुवा र धरानमा २–२, दुहवी र इटहरीमा १–१, झापाको दमकमा २ र भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा २ र धर्मदेवीमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म संक्रमित हुनेको संख्या ३० हजार चार सय ७० पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या एक सय ४० छ । 

कोरोना संक्रमितको संख्या पुनः बढन थालेपछि प्रदेश १ सरकारले विराटनगर स्थित कोभिड अस्पताललाई तयारी अवस्थामा राखेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post