पर्सामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु !

 कोरखबर   ३१ चैत, २०७७



चैत ३१, वीरगञ्ज ।  कोरोना संक्रमणको दोस्रो लहर आएसँगै पर्साको वीरगन्ज स्थित नारायणी अस्पतालमा चार घण्टाको अन्तरालमा २ जनाको मृत्यु भएको छ। उपचार गराइरहेका मध्ये बाराको छापा पिपराका ९ का ३७ वर्षीय युवक र वीरगन्ज ३ का ६२ पुरुषको आज बिहान मृत्यु भएको हो।

बाराका युवकको बिहान साढे ३ बजे मृत्यु भएको थियो। त्यसको ४ घण्टा बित्न नपाउँदै अहिले बिहान ८ बजेर २० मिनेटमा अर्का ६२ बर्षीय पुरुषको पनि मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा.सरोज रोशन दासले बताए।   

मृतक मध्ये बाराका युवक गएको २६ गते वीरगन्जकै एड्भान्स अस्पतालमा उपचारार्थ भर्ना भएका थिए। त्यहाँ अवस्था असामान्य बन्न थालेपछि सोमबार नारायणी अस्पतालमा थप उपचारका लागि भर्ना भएका थिए। मृतक युवक होलीभन्दा दुई दिन अघि मात्र भारतको हैदराबादबाट नेपाल आएको हिस्ट्री भेटिएको नारायणी अस्पतालका डा दासले बताए।

अर्का ६२ बर्षीय मृतक भने यहि आइतबार नारायणी अस्पतालमा नै भर्ना भएका थिए। उनको पिसिआर रिपोर्ट सोमबार मात्र पोजेटिभ आएको डा दासले बताए।

यता हरेक दिन कोरोनाका नयाँ संक्रमित बढ्ने क्रममा पछिल्लो २४ घण्टामा ४० जना थपिएको नारायणी अस्पतालले जनाएको छ।  संक्रमितहरु मध्ये गम्भिर प्रकृतिका वाहेक अरु सबै होम आइसोलेशनमा नै रहेका छन्। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post