भारतबाट फर्केका आठ जनामा देखियो कोरोना संक्रमण !

 कोरखबर   २९ चैत, २०७७



चैत २९, काठमाडौं । बैतडीको झुलाघाट नाकामा परिक्षणका क्रममा भारतबाट फर्केका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । परिक्षणका क्रममा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पुष्टि भएका आठमध्ये सात जिल्लाको दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् । सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post