भारतबाट फर्किएका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि !

 कोरखबर   २३ चैत, २०७७



२२ चैत्र, धनगढी । भारतबाट नेपाल प्रवेश गर्नेहरुमा नयाँ प्रकारको कोरोना संक्रमण देखिन थालेका छन् । भारतबाट सुदूरपश्चिम छिरेका थप तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

भारतबाट फर्किएका संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन्। भारतबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन्।सीमानाकामा कोरोना संक्रमणका लागि हेल्थ डेस्क राखिए पनि फितलो स्वास्थ्य परीक्षण भएको जनाइएको छ ।

एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएको थियो। उनीहरूमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं पठाइएको थियो।

भारतमा भयावह कोरोना

भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण र ५ सय १३ जनाले ज्यान गुमाएका छन् । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका छन् ।

साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट सबैभन्दा संक्रमित हुने ठाउँअन्तर्गत महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान रहेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post