स्वास्थ्य मन्त्रालयले भन्यो : जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्नू !

 कोरखबर   २० चैत, २०७७



१९ चैत्र, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमण बढ्न सक्ने भन्दै सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न आग्रह गरेको छ । साथै जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौं प्रवेश गर्नेहरुको आकस्मिक परीक्षण गर्ने निर्णय गरिएको छ । त्यसैगरी सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्न र सरकारी प्रयोगशालामा जनशक्ति आवश्यकता भएमा जनशक्तिका लागि थप रकम माग गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर थप १६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी मुलुकमा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४९३ छन् । मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post