हेल्थ डेस्कमा नजाने स्वास्थ्यकर्मी अब कारबाहीमा पर्ने !

 कोरखबर   १८ चैत, २०७७



चैत १८, काठमाडौं । स्वास्थ्य सेवा विभागले चीन र भारतका सीमाका हेल्थ डेस्क र विमानस्थलमा खटाइका तर नजाने कर्मचारीलाई कारबाही गर्ने भएको छ ।

विभागले मंगलबार सूचना जारी गर्दै खटाइएका सीमा तथा अन्तर्राष्ट्रिय विमानस्थलमा नजाने स्वास्थ्यकर्मीलाई नियमानुसार कारबाही गर्ने जनाएको हो ।

विभागले खटाइएका ४८ जनामध्ये ३० जना हेल्थ डेस्कमा उपस्थित नभएको पइएपछि तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post