काठमाडौं । मनमा चिन्ता पलाउनका कारण विभिन्न खराबी कुराको प्रश्रय मानव मष्तिस्कमा हुनु हो । त्यसो त हैरानी र परिशानी हुनुको विकल्प चिकित्सकीय परिभाषामा छैन । चिन्ता भन्नाले तनाव हो । डर र तनावले मांसपेशिमा विकार ल्याउने तार्किक निश्कर्ष गरिन्छ ।
चिन्ता समस्याहरुबाट पलाउने कुरा हो । चिन्ता, अविसाद शारिरीक लक्षण हुन आएमा हृदयमा असर गर्छ । चिन्ताले मानिसमा डर देखाउँछ ।
चिन्ता र डर
१. मानिसको परिक्षाको क्षणमा, काम गर्ने ठाउँमा, स्वास्थ्य समस्या र सामाजिक सम्बन्धमा चिन्ताले असर पु¥याउँछ ।
२. चिकित्सकीय पद्वतीले अनुसन्धान गरेमा पत्ता नलाग्ने
३. विभिन्न लक्षणहरु
४. मानिस शान्त तथा सचेत हुन नसक्ने
५. धेरै डराउँदा अनियन्त्रित भएर मृत्यु हुन सक्ने अवस्था
६. एक मिनेट पछि वा १ घण्टा पछि नचाहिँदा कुरा मष्तिस्कमा पलाउने
लक्षण
चिन्ता, डरले हृदयमा समस्या ल्याउने भएकोले शास फेर्न र नचाँहिदा कुराहरुको प्रश्रय हुने हुन्छ । डर अप्रिय समस्या हो । कहिलेकाहिँ साधारण समस्या हुँदा हुँदै असाधारण बन्छ र खप्न नै गाह्रो हुने स्थिति हुन आउँछ । १० देखि ३० मिनेटको समय मष्तिस्कमा निरन्तर चिन्ताको प्रश्रय हुने बताइन्छ ।
डरले गर्दा मानिसको दैनिक जीवनयापन र क्रियाकलापमा परिवर्तन हुने बताइएको हो ।
– अताल्लिनु र कुरा नवुझनु
– विश्राम गर्ने अवस्था नै नहुनु
– निन्द्रामा समस्या देखिनु
– मष्तिस्कले ध्यान दिन नसक्नु
– शरिर एक ठाउँमा स्वतन्त्र ढंगले बस्न नसक्नु
– दुख
– दबाब हुनु र हतारो हुनु
शारिरीक लक्षण
– हृदयको धड्कन तेज हुनु
– टाउको तथा घाँटीमा असर देखिनु
– टाउको दुख्नु
– भमिट हुनु तथा पखाला लाग्नु
– पसिना आउनु
– मुख सुख्खा हुनु
– शास फेर्न गाह्रो हुनु
– काम्नु, शरिर शिथिल हुनु
कारण
– कामको असर
– दैनिक कारोबारीको कारण
– पारिवारिक तथा सामाजिक सम्बन्ध
– पारिवारिक मायाको अभावको कारण
– जीवनमा आएको परिवर्तन, घर सर्नुको कारण वा पैसाको अभाव भएमा
– शारिरीक क्रियाकलाप अचल हुँदा
– मानसिक समस्या तथा स–सानो कुरा विर्सदाँ
– मधुमेह र मल्टिपल स्क्लेरोसिसको कारण
– सामाजिक वा अन्य त्रासका कारण
– जीनको कारण
– मष्तिस्कमा परिवर्तन भएमा
– माधक पदार्थ र लागुऔषधको प्रयोग
– क्याफिनको प्रयोग
एजेन्सी