रामेछापमा आँखा शिविर : आठ सयले पाए नि: शुल्क उपचार !

 कोरखबर   २८ फागुन, २०७७



फागुन २८, मन्थली । रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरिएको निशुल्क आँखा शिविरमा आठ सय भन्दा बढिले निशुल्क उपचार पाएका छन् ।

तिलगंगा आँखा अस्पताल काठमाडौं र जिल्ला सामुदायिक आँखा केन्द्रको सहकार्यमा सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा आठ सय चार बिरामीले सेवा लिएका हुन् ।

त्यसक्रममा दुई सय २८ जनाको शल्यक्रिया र पाँच सय ७६ जनाको आँखाको परीक्षण गरिएको हो । आँखा शिविरमा एक सय ६ महिला र एक सय २२ पुरुष गरी दुई सय २८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको तामाकोसी अस्पतालका निर्देशक गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

आँखाको उपचार र मोतियाबिन्दु भएका आँखाका बिरामीहरूको निःशुल्क रूपमा शल्यक्रिया गरिएको हो । आँखाको उपचारका लागि जिल्लाको ग्रामीण भेगबाट सदरमुकामसम्म आएका बिरामीका कोही आफन्त नभएको र बस्ने ठाउँ नभएका सबै विरामी र कुरुवालाई खाने बस्नेसमेतको व्यवस्थापन तामाकोसी अस्पतालले निःशुल्क व्यवस्थापन गरेको निर्देशक घिमिरेले बताए ।

तामाकोसी अस्पतालले विगतमा पनि जिल्लाका ग्रामीण भेगमा गएर आँखाको जाँच गर्ने र मोतियाबिन्दु भएका बिरामीको हकमा प्रत्येक वर्ष विभिन्न संस्थाहरूको सहयोगमा आँखा शिविर सञ्चालन गर्दै आएको छ । संस्थाले यस वर्ष पनि गाउँगाउँमा आँखा जाँच गराएर अप्रेशन गर्नुपर्ने बिरामी छनोट गरी तिनलाई निःशुल्क शिविरको आयोजना गरेको हो ।

तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा रमेश पराजुलीको नेतृत्वमा आएको टोलीमा वरिष्ठ सर्जन डा. संयम बजिमय, योगिता भण्डारी, डा. प्रतिभा शाहीलगायतको टोली उपचारमा संलग्न भएका थिए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post