काठमाडौं । दैनिक चिया सेवन टाउको दुखाइ को निमूर्लता हो । ग्रिन टि र कालो चियामा पाइने क्याटेचिनले रक्त कोषहरुबाट रगत सफा गर्दै उच्च रक्तचाप हटाउने तर्क गरिएको हो ।
चीनमा ४००० वर्ष पहिले क्याफिन भएको चिया पिइएको त्यसपछि मानिसले चियाको सेवन गर्न थालेको तथ्य सार्वजनिक गरिएको हो । क्यामेलिया र सिनेन्सिस पदार्थ चियाका पातमा हुने गर्दा यस्ता चिजहरुमा एन्टीअक्सिडेन्ट पाइने विश्लेषण गरिएको हो ।
ग्रिन टीको असर अवुर्द रोग भएको विरामी, उच्च रक्तचाप र मुटुको रोगीहरुको लागि सकारात्मक हुने रहेको बताइएको छ ।
क्यालिफोर्निया र क्यानडामा भएको वैज्ञानिक अनुसन्धान अनुसार चिया निरन्तर सेवनले रक्तकोषमा रहेका मांसपेशी दरिलो बनाउने तर्क गरेका छन् ।
रोकथाम असर
बजारमा उच्च रक्तचापका रोकथामको लागि विभिन्न किसिमका औषधीको प्रयोग गर्ने गरिएको पाइन्छ । त्यसो त रक्तचापको रोकथामले अन्य संक्रमणहरु जस्तै किड्नी, मुटु, विर्सने तथा भूल्ने रोगहरुको निराकण पनि हुन आउँछ ।
चियामा क्याटेचिन, जस्ता एन्टीअक्सिडेन्ट पाइन्छ । क्याटेचिनमा प्रोटिन पाइने र रक्तकोषहरुको स्नायुमा, पोटासियम आयानको कोषहरुबाट निस्कासन हुन्छ ।
नसा र मांसपेसीका कोषहरुमा नियन्त्रित रुपमा आयनको संमिश्रण भएको पाइन्छ । ग्रिन टीमा पोटासियम आयन च्यानल पाइन्छ जसलाई KCNQ5 पनि भनिने गरिन्छ ।
विद्युतिय सेन्सर
एक नयाँ वैज्ञानिक अनुसन्धानमा कम्प्युटरमा डाटा प्रशोधन गर्दा प्रोटिनको क्याटेचिन अनुसन्धान गर्दा त्यसमा भोल्टेज सेन्सर हुने विधि पत्ता लगाइयो ।
यस प्रकारको च्यानलको अनुसन्धान गर्दा उच्च रक्तचाप हुँदा कोषहरुमा उत्तेजना हुने बताइएको हो ।
एजेन्सी