संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी !

 कोरखबर   २४ फागुन, २०७७



फागुन २४,काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् । 

२०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै उनले अब सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको जानकारी दिए ।

मन्त्री श्रेष्ठले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए । त्यही आवश्यकतालाई पुर्ति गर्ने गरी सरकारी विद्यालयको सुधार आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाई छ ।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पारे । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post